युनाईटेड इदी मर्दी एन्ड आरबि हाइड्रोपावरले १०.५२६ प्रतिशत लाभांश बाँड्ने

न्युज कारखाना
  • ख-
  • ख+

काठमाडौं, २० मंसिर।युनाईटेड इदी मर्दी एन्ड आरबि हाइड्रोपावर लिमिटेडले आफ्ना सेयरधनीहरूलाई १०.५२६ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको सञ्‍चालक समितिले यस्तो प्रस्ताव गरेको हो ।

मंसिर २८ गते बस्न लागेको वार्षिक साधारणसभामा यो प्रस्ताव लैजाने छ । पोखराको घारीपाटन-१७ को आभ्या क्लबमा कार्यक्रम आयोजना गरिएको छ । गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीको १०.५२६ प्रतिशत नगद लाभांश (करसहित) वितरणको प्रस्ताव गरिएको कम्पनीले जानकारी दिएको छ ।  मंसिर १५ गतेसम्म कारोबार भई सेयर नामसारी भएर कायम भएका सेयरधनीहरूले मात्रै साधारणसभामा भाग लिन पाउने उल्लेख छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्