पाल्पाबाट लागूऔषधसहित एक जना पक्राउ

खबर बुक
  • ख-
  • ख+

कास्की, १९ मंसिर । प्रहरीले पाल्पाबाट लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका २७ का ३९ वर्षीय अनिल साइ रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पाले लागूऔषधसहित अनिललाई पाल्पाकै बगनासकाली–३, पोखराथोक नजिकैबाट पक्राउ गरेको हो ।

बुटवलदेखि पोखरातर्फ जाँदै गरेको ग १३ प ४०३६ नम्बरको मोटरसाइकलमा सवार अनिल सिद्धार्थ राजमार्गको पोखराथोकमा जाँच गर्ने क्रममा पक्राउ परेको सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयाे ।

अनिलको साथबाट प्रहरीले टर्सिरेक्स सय एमएलको पाँच बोत्तल, निट्राभेट–१० लेखेको नौ ट्याब्लेट, स्याम्पेक्स १६ ट्याब्लेट फेला पारेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्