अमेरिकी हवाई आक्रमणमा ३० इरानीको मृत्यु

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । इरानले अमेरिकी हवाई आक्रमणका कारण पछिल्ला दिनहरूमा ३० भन्दा बढी व्यक्तिको मृत्यु भएको जनाएको छ । इरानी सरकारकी प्रवक्ता फातेमेह मोहाजेरानीले बुधबार उक्त जानकारी दिएकी हुन् ।

प्रवक्ताले रातभर भएका आक्रमणहरूमा २६० भन्दा बढी व्यक्ति घाइते भएको बताइन् ।

अमेरिकाले इरानी बन्दरगाहहरूमा पुनः नौसैनिक नाकाबन्दी लागु गरेको छ । बुधबार सात घण्टा लामो हवाई अभियान सञ्चालन गर्दै इरानका दर्जनौँ सैन्य लक्ष्यहरूमा आक्रमण गरेको जनाएको थियो ।

पछिल्ला दिनहरूमा जारी आक्रमणहरूले यसअघि नै नाजुक अवस्थामा रहेको युद्धविरामलाई थप कमजोर बनाएको विश्लेषण गरिएको छ । अमेरिकी सेन्ट्रल कमाण्डका कमाण्डर तथा अमेरिकी नौसेनाका एडमिरल ब्राड कुपरले इरानले छिमेकी अरब मुलुकहरूतर्फ दर्जनौँ मिसाइल र ड्रोन प्रहार गरेको दाबी गरेका छन् ।

उनले विज्ञप्तिमा अमेरिकी बलहरूले निर्दोष नागरिकको जीवनलाई निरन्तर जोखिममा पार्ने इरानको आक्रामक गतिविधिप्रति जवाफदेहिता सुनिश्चित गरिरहेको बताएका छन् ।

अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानविरुद्ध सैन्य कारबाही सुरु गरेपछि इरानले होर्मुज जलमार्ग हुँदै आवतजावत गर्ने व्यापारिक जहाजहरूलाई लक्षित गर्दै आक्रमण र धम्की दिएको थियो । त्यसपछि विश्वकै महत्त्वपूर्ण ऊर्जा आपूर्ति मार्गमध्ये एक मानिने यस जलमार्गमा जहाज आवागमन गम्भीर रूपमा प्रभावित भएको थियो । यसका कारण विश्वव्यापी रूपमा तेल, रासायनिक मल तथा अन्य वस्तुको मूल्यमा परेको थियो ।

हालैका हप्ताहरूमा इरानले ओमाननजिक अमेरिकी निगरानीमा सञ्चालन भइरहेका समुद्री मार्ग प्रयोग गर्ने केही जहाजहरूलाई पनि निसाना बनाएको आरोप लगाएको छ । वासिङ्टनले आवश्यक परे बल प्रयोग गरेर हर्मुज जलडमरूमध्ये पुनः खुला गराउने चेतावनी दिएको छ ।

यद्यपि, सुरक्षा विश्लेषकहरूका अनुसार, जलमार्ग पूर्ण रूपमा सुरक्षित राख्न ठूलो संख्यामा स्थल सेना आवश्यक नपरे पनि व्यापक नौसैनिक उपस्थिति भने अपरिहार्य हुने बताइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्