१४ अंक बढ्यो सेयर बजार, आधा घट्यो कारोबार

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । अघिल्लो दिन ६.११ अंक बढेको सेयर बजार बुधबार १४ अंक बढेको छ । सो वृद्धिपछि नेप्से २५९० अंकमा कायम भएको छ । आज दिनभर बजार हरियोमै रह्यो ।

आज कारोबार रकम भने अघिल्लो दिनको तुलनामा आधा घटेको छ । अघिल्लो दिन ८ अर्ब ४१ करोडको कारोबार भएकोमा आज ४ अर्ब १६ करोडमा सीमित भयो ।

अघिल्लो दिन ऋणपत्रको मात्रै ४ अर्ब ७६ करोडको कारोबार भएकोमा आज यो रकम १ अर्ब ३२ करोडमा खुम्चियो, जसले गर्दा समग्र कारोबार प्रभावित भएको हो । अघिल्लो दिनको कारोबार रकम वैशाख ३ यताकै उच्च थियो ।

आज १९१ कम्पनीको मूल्य बढ्दा ६४ को घट्यो भने १९ को स्थिर रह्यो । अधिकांश समूहगत सूचक बढेका छन् । विकास बैंक सबैभन्दा धेरै १.३७ प्रतिशत बढ्यो ।

बैंकिङ ०.७४, फाइनान्स ०.५०, होटल तथा पर्यटन ०.६१, जलविद्युत् ०.४७, जीवन बीमा ०.५४, उत्पादन तथा प्रशोधन ०.५७, माइक्रोफाइनान्स ०.२७, निर्जीवन बीमा १.०३, अन्य ०.३७ प्रतिशत तथा व्यापार ०.६० प्रतिशत बढे । लगानी ०.४६ प्रतिशत घट्यो ।

नारायणी डेभलपमेन्ट बैंकको मूल्य ८.४० तथा थ्रीस्टार हाइड्रोपावरको ६.२१, सागर डिस्टिलरीको ६.०३, भुजुङ हाइड्रोपावरको ४.७२ प्रतिशत मूल्य बढ्यो ।
उपकार लघुवित्तको मूल्य ७.३२ प्रतिशत घट्यो । कर्पोरेट डेभलपमेन्टको ३.०६, तथा आत्मनिर्भर लघुवित्तको ३ प्रतिशत मूल्य घट्यो ।

आज धेरै कारोबार भएका कम्पनीमा सिद्धार्थ बैंक, आँखुखोला जलविद्युत्, कर्पोरेट डेभलपमेन्ट बैंक, रिलायन्स स्पिनिङ मिल्स र एनआरएन इन्फ्रास्ट्रक्चर छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्