प्रहरी नियन्त्रणपछि दुर्गा प्रसाईंको पत्रकार सम्मेलन

खबर बुक
  • ख-
  • ख+

२८ असार, काठमाडौं । प्रहरीले दुर्गा प्रसाईंलाई केहीबेर नियन्त्रणमा लिएको छ ।

झापाबाट विमानमा काठमाडौं आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई नियन्त्रणमा लिइएको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौंले प्रसाईंले विमानस्थलमै कार्यक्रम गर्न खोजेकाले नियन्त्रणमा लिएर भक्तपुरस्थित घर पुर्याएको जानकारी दिएको छ ।

आत्मदाह गरेका मुगुका गणेश नेपालीको न्यायका लागि भन्दै विमानस्थलमै विशेष सम्बोधन गर्न खोजेका प्रसाईंलाई प्रहरीले गाडीमा राखेर भक्तपुर लगेको थियो । उनले दिउँसो ३ बजे भक्तपुरिस्थित निवासमा पत्रकार सम्मेलन गर्न लागेको जानकारी दिएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्