काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले देशलाई राम्रो अवस्था बनाउनको लागि पार्टी एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका छन्।
पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै एमाले देश बनाउने पार्टी भएको बताए।
उनले भने, ‘मान्छेहरू एमाले सकियो, एमाले सकियो भन्छन्। एमाले सकिन जन्मेको पार्टी नै होइन। यो त बढ्न, सफल हुन, देश बनाउन जन्मेको पार्टी हो। केही नभए पनि उठ्छ, यो ठाउँमा पुगेको छ र फेरि पनि अगाडि बढ्छ। यो मात्तिँदैन, आत्तिँदैन।’
उनले एमाले विशाल नदीको जस्तो गतिशील भएर आफ्नो प्रवाहमा बगिरहने बताए।










