प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १८ मंसिर । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.०१ अंकले उकालो लागेको छ । यससँगै सूचक १९६१.०७ विन्दुमा आएको छ । प्रि ओपन सेसनमा नेप्से ११ कम्पनीको कारोबार हुँदा ४ कम्पनीमा वृद्धि भएको छ।

यस्तै  ४ कम्पनीमा ओरालो लागेको छ र ३ कम्पनी स्थिर छ । आज ५५३ सेयर कित्ता किनबेच हुँदा ३ लाख १२ हजार रुपैयाँको सेयर  कारोबार भएको छ ।

यो सेसनको उप सुचकहरु मध्ये  एउटा कम्पनीमा वृद्धि भएको र एउटा कम्पनीमा ओरालो लागेको छ भने बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्