काठमाडौं : नेकपा माओवादी केन्द्रले सरकार गठनका लागि सवै बिकल्प खुल्ला राख्ने निर्णय गरेको छ ।
पार्टी कार्यालय पेरिसडाडामा शनिबार बसेको माओवादी पदाधिकारीको बैठकले बर्तमान गठबन्धन छोड्ने निर्णय नगरेको तर सबै विकल्प खुला राख्ने निर्णय भएको उपाध्यक्ष कृष्ण बहादुर महराले जानकारी दिनुभयो । उहाले बिकल्प जस्तो पनि हुन सक्ने तर पुरानो गठबन्धन छाड्ने निर्णय नभएको बताउनुभयो । त्यस्तै बैठकमा निर्वाचनको प्रारम्भीक समिक्षा गरेको र अपेक्षा गरे अनुसारको सिट हासिल नगरेको निष्कर्ष निकालेको महराले बताउनुभयो ।
त्यस्तै माओवादी महासचिव देव गुरुङले सरकारका बिषयमा सवैदलहरुसंग छलफल भइरहेको र अहिले गठबन्धनकै सरकार गठनको पहल हुने बताउनुभयो । उहाले चुनावको प्रारम्भिक समिक्षामात्र गरिएको जानकारी दिनुभयो ।
बैठकमा माओवादी अध्यक्ष प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा जानकारी गराउनुभएको महासचिव गुरुङले बताउनुभयो ।











