मन्दिरहरूमा मोबाइल प्रतिबन्ध लगाउन अदालतको आदेश

खबर बुक
  • ख-
  • ख+

तमिलनाडु, १७ मंसिर।।मद्रासको उच्च अदालतले तमिलनाडुका मन्दिरहरूमा मोबाइल फोनमाथि प्रतिबन्ध लगाएको छ ।
मन्दिरहरूमा मोबाइल फोनको प्रयोगमा प्रतिबन्ध लगाउने कदम पूजा स्थलहरूको शुद्धता र पवित्रता कायम राख्नको लागि  भएको अदालतले फैसलामा जनाएको छ ।
मानिसहरूलाई असुविधाबाट बच्नको लागि मन्दिरहरूमा फोन राख्न लकरहरू स्थापना गर्न पनि अदालतले भनेको छ । आदेशको पालना सुनिश्चित गर्न सुरक्षाकर्मीहरू पनि नियुक्त गरिनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्