सुनको मूल्य तोलामा ५ हजार रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १५ चैत । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । गएको शुक्रबारको तुलनामा छापावाल सुनको मूल्य प्रतितोला ५ हजार रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको दरभाउ अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ८६ हजार रुपैयाँ पुगेको छ। यसअघि शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ८१ हजार रुपैयाँ रहेको थियो।

त्यसैगरी, १० ग्राम सुनको मूल्य पनि बढेर २ लाख ४५ हजार २०० रुपैयाँ कायम भएको छ। शुक्रबार १० ग्राम सुनको मूल्य २ लाख ४० हजार ९१० रुपैयाँ रहेको थियो।

यस्तै, आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँले बढेर ४ हजार ७ सय २० रुपैयाँ पुगेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्