शेयर बजार ८ महिनायताकै उच्च विन्दुमा पुग्यो

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौं, १० चैत । शेयर बजार आज पनि बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २३ दशमलव ८३ अङ्कले बढेर २ हजार ९६० दशमलव ४० विन्दुमा पुगेको छ । नेप्से ८ महिनायताकै उच्च विन्दुमा पुगेको छ ।
आज होटल तथा पर्यटन, बीमा, माइक्रोफाइनान्स र अन्य बाहेक सबै समूहको शेयर बढेकोमा व्यापार समूहको शेयर ९ दशमलव १२ प्रतिशतले उकालो लागेको छ ।

आज १३६ वटा कम्पनीको शेयर बढेकोमा ११७ वटाको घटेको छ । यस्तै ११ वटा कम्पनीको शेयर घटबढ भएको छैन ।

आज सालपा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर, हिमालयन पावर पार्टनर, भुजुङ हाइड्रोपावर, होटल फरेस्ट इनको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन फर्स्ट माइक्रो फाइनान्सको शेयर भने साढे ६ प्रतिशतले घटेको छ ।

आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । हिजो १५ अर्ब ७८ करोडको कारोबार भएकोमा आज ३४१ वटा कम्पनीका ३ करोड ५८ लाख कित्ता शेयर १४ अर्ब ८३ करोड रुपैयाँमा किनबेच भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्