सुनको भाउ आज ६ हजार ५०० रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौं, ९ चैत । नेपाली बजारमा आज सुनको भाउ घटेको छ । सुनको भाउ ६ हजार ५०० ले घटेर तोलाको २ लाख ७५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ ११५ रुपैयाँले घटेर तोलाको ४ हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । चाँदीको भाउ पनि लगातार पाँच कारोबार दिनयता घटेको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्