समानुपातिक सूचीको रुजु गर्दै आयोग

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ, २ चैत । दलहरुले पेश गरेका समानुपातिक सांसदको सूची निर्वाचन आयोगले रुजु गर्न थालेको छ । राजनीतिक दलहरुले हिजो बुझाएको सुचीमा क्लष्टर अनुसार सूची मिले–नमिलेको रुजु प्रक्रिया अघि बढाएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए।

जिसीका अनुसार दलहरुले पेश गरेको क्लष्टरअनुसार निर्वाचित हुने उम्मेदवारको सूचीमा त्रुटि नभएको पाइए आजै सार्वाजनिक गर्ने तयारी छ । सूचीमा केही त्रुटि भई सच्याउनुपर्ने अवस्थामा भने तीन दिनसम्म समय लाग्न सक्छ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा तीन प्रतिशत ‘थ्रेसहोल्ड’ कटाएका ६ दलले समानुपातिक निर्वाचन प्रणालीतर्फ हिजो ११० निर्वाचित उम्मेदवारको नाम आयोगमा पेश गरेका थिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्