काठमाडौँ, २ चैत । नेपाली बजारमा आज सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य ३ लाख ९ हजार ५०० रुपैयाँ तोकिएको छ । हिजो सुनको मूल्य ३ लाख ९ हजार ४०० रुपैयाँ रहेको थियो ।
त्यस्तै, चाँदीको मूल्य घटेको छ । चाँदीको मूल्य ५ हजार २७० रुपैयाँ कायम भएको छ । हिजो मूल्य ५ हजार २६५ रुपैयाँ रहेको थियो ।











