कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ ।

बैठक ललितपुरको बीपी नगरस्थित पार्टीको केन्द्रीय कार्यालयमा आज दिउँसो १ बजे बस्ने भएको हो ।

प्रतिनिधि सभा सदस्य निर्वाचनबाट समानुपातिकतर्फ प्राप्त सिट संख्याका आधारमा सांसदको नाम तय गर्न बैठक बस्न लागेको हो ।

गत फागुन २१ गते भएको निर्वाचनमा पार्टीले प्रत्यक्षतर्फ १८ सिट जितेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्