काठमाडौँ, २७ फागुन । नेपाली बजारमा आज सुनचाँदी भाउ घटेको छ । आज सुन तोलामा २ हजार ८ सय रुपैयाँले घटेको छ । सुन प्रतितोला ३ लाख १४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन सुन प्रतितोला ३ लाख १७ हजार रुपैयाँ रहेको थियो।
यस्तै, आज चाँदी तोलाको ५ हजार ४ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।











