पोखरा, २८ फागुन । नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन भएको छ । उनको पोखराको मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो ।
मनिपाल शिक्षण अस्पतालमा भर्ना गरिएका निधन भएको घटेको एमाले कास्की अध्यक्ष वैनबहादुर क्षेत्री अधिकारीले पुष्टि गरे । अस्पताल स्रोतले पनि थापाको निधन भएको जानकारी दिएको छ ।











