काठमाण्डौं, २८ फागुन । नेपाली बजारमा आज सुनको भाउ २ हजार रुपैयाँले घटेको छ । तोलाको दुई हजार रुपैयाँले घटेर तोलाको ३ लाख १७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ २०५ रुपैयाँले घटेर तोलाको ५ हजार ५१५ रुपैयाँमा झरेको छ ।












