काठमाडौँ, २० फागुन । भोलि हुने प्रतिधिनि सभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकाबाट करिब आठ लाख यात्रु बाहिरिएका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बुधबार दिउँसोसम्ममा सात लाख ९० हजार व्यक्तिले उपत्यका छाडेको जानकारी दिए।
सरकारले पनि सम्पूर्ण निर्वाचनको तयारी पूरा भइसकेको जनाएको छ।











