सुनको मूल्य तोलामा ११ हजार रुपैयाँले घट्यो

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २० फागुन । नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । मंगलबार प्रतितोला तीन लाख २८ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एकैदिन ११ हजार रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन लाख १७ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै, चाँदीको मूल्य आज प्रतितोला ५ हजार ५४० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्