काठमाण्डौं, १८ फागुन । आज सुनको भाउ बढेको छ । सुन आज तोलामा एकैदिन ५ हजार ५ सय रुपैयाँले बढेर तोलाको ३ लाख २६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै आज चाँदीको भाउ तोलामा ३५ रुपैयाँले बढेर तोलाको ६ हजार २० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको ५ हजार ९ सय ८५ रुपैयाँ थियो ।










