उसु टोली इन्डोनेसिया जाने

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १६ मंसिर । आठौं विश्व जुनियर उसु च्याम्पियनसिपमा सहभागी हुन दुई खेलाडीसहित तीन सदस्यीय नेपाली उसु टोली शनिबार इन्डोनेसियाको वेन्टेम प्रस्थान गर्ने भएको छ ।

३ देखि ११ डिसेम्बरसम्म हुने प्रतियोगितामा एक÷एक पुरुष÷महिला खेलाडीले थाउलोको स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् । पुरुष नान् छ्वान, नान गुन र नान दाउमा एलिश मरिक तथा महिला छाङ छ्वान, चेन सु र छियान्सुमा अलिशा खातीले कौशल प्रस्तुत गर्ने छन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्य–सचिव अञ्जन धमला, नेपाल उसु महासंघका अध्यक्ष वीरबहादुर तामाङ, महासचिव लाक्पा छिरिङ शेर्पालगायतले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्