काठमाण्डौं, १२ फागुन । नेपाली बजारमा आज सुनको भाउ १ हजार ३ सयले रुपैयाँले बढेको छ । आज तोलाको ३ लाख १४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ ३ हजार २ सयले बढेर तोलाको ३ लाख १३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको भाउ १० रुपैयाँले बढेर तोलाको ५ हजार ५ सय ८५ रुपैयाँ कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ १ सय ७० रुपैयाँले बढेर तोलाको ५ हजार ५ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।











