काठमाण्डौं, ५ फागुन । आज सुनको भाउ तोलामा ९ सय रुपैयाँले घटेको छ । आज सुन तोलाको ३ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको ३ लाख २ हजार ८ सय रुपैयाँ थियो ।
यस्तै आज चाँदीको भाउ २५ रुपैयाँले बढेको छ । चाँदी तोलाको ४ हजार ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।











