सुन तोलामा ३ हजार रुपैयाँले घट्यो

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौं, ४ फागुन । सुनको भाउ आज तोलामा ३ हजार रुपैयाँले घटेको छ । सुन आज तोलाको ३ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको ३ लाख ५ हजार ८ सय रुपैयाँ थियो ।

यस्तै आज चाँदीको भाउ आज १ सय २५ रुपैयाँले घटेर तोलाको ४ हजार ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्