बंगलादेशमा ऐतिहासिक संसदीय चुनाव जारी

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २९ माघ । बंगलादेशमा आज ऐतिहासिक संसदीय चुनाव देशभर भइरहेको छ। मतदान बिहान ७ बजेदेखि सुरु भएको मतदान कडा सुरक्षाबीच सञ्चालन भइरहेको छ।

यस पटकको आम चुनावमा मुख्य प्रतिस्पर्धा बंगलादेश नेशनलिस्ट पार्टी र यसअघि उसको सहयोगी जमात–ए–इस्लामीबीच देखिएको छ।

२०२४ को अक्टोबरमा भएको विद्रोहपछि पहिलो पटक निर्वाचन हुन लागेको छ। चुनावपूर्व सार्वजनिक गरिएका जनमत सर्वेक्षणहरूमा बीएनपी अग्रस्थानमा देखिएको छ।

पार्टीका प्रमुख तारिक रहमान, जो १७ वर्षको निर्वासनपछि बेलायतबाट स्वदेश फर्किएका हुन्, आगामी सरकार गठनको अभियानको नेतृत्व गरिरहेका छन्।

यस चुनावमा पुर्व प्रधानमन्त्री सेख हसिनाको दल अवामी लिगलाई प्रतिबन्ध लगाइएको छ।
देशका ३०० सिटमध्ये २९९ सिटमा मतदान भइरहेको हो। एक उम्मेदवारको निधनका कारण एक सिटमा मतदान स्थगित गरिएको छ।

कुल १२ करोड ७७ लाखभन्दा बढी मतदाता मतदानमा सहभागी हुने अपेक्षा गरिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्