काठमाडौं, २२ माघ । पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक परेको छ ।
उनका बुबा भोजप्रसाद भट्टराईको ९७ वर्षको उमेरमा आज बिहान निधन भएको छ ।
केही दिन यता उनको स्वास्थ्यमा समस्या देखिएकोले बाँसबारीस्थित न्युरो हस्पिटलमा उपचारका लागि राखिएको थियो । जहाँ उनको निधन भएको निकट स्रोतले जनाएको छ ।
स्वर्गीय भट्टराईको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने प्रलोपा नेता जन्मदेव जैसीले जनाएका छन् ।












