बागलुङ, १५ मंसिर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले जनतासँग बाचा गरेका कामहरु आगामी पाँच वर्षमा सम्पन्न गर्ने बताउनुभएकाे छ।
आज ढोरपाटन नगरपालिकाका मतदातालाई धन्यावाद दिँदै उहाले ५ वर्षमा जनतासँग बाचा गरेका काम सम्पन्न गर्ने बताउनुभयाे ।
यसअघि गर्न नसकेका काम पनि रहेको बताउँदै उहाले पहिलेका बाँकी काम र अहिले जनतामाझ गरेका प्रतिबद्धता आगामी पाँच वर्षमा क्रमश पूरा गर्न पनि अहिलेकै गठबन्धन नेतृत्वमा सरकार आवश्यक रहेको बताउनुभयाे ।
संघ र प्रदेशको सरकार गठबन्धनका बन्ने बताउँदै बागलुङको विकाशका लागि गठबन्धनका नेतासँग समन्वय गरी काम गर्ने उहाको भनाइ छ ।
चुनावपछि जनताको साझा प्रतिनिधि भएको बताउँदै पूर्वाधार विकाशमा समान वितरण हुने आश्वासन दिनुभयाे ।
ढोरपाटन साल्झण्डी सडक, केन्द्रीय प्रशारण लाइन, पक्की पुल, ढोरपाटनको आलूलाई प्रर्बद्धनलगायतका काम जनताको चाहानाअनुसार हुने उहाले बताउनुभयाे ।











