सुनको भाउ आज तोलामा ३ हजार ७ सय रुपैयाँले बढ्यो

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २० माघ । लगातार तीन दिनसम्म उच्च भाउले घटेको सुन आज भने बढेको छ । आज सुन तोलामा ३ हजार ७ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९० हजार ३ सय रुपैयाँ कायम भएको छ ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी १ सय ३५ रुपैयाँले बढेर ५ हजार ३ सय ३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्