काठमाडौँ, २० माघ । अमेरिका र भारतबीच नयाँ व्यापार सम्झौता भएको छ। भारतीय प्रधान मन्त्री नरेन्द्र मोदी र अमेरीकी डोनाल्ड ट्रम्पबीच टेलिफोन वार्तामा दुई देशबीच नयाँ व्यापार सम्झौता भएको हो ।
ट्रम्पले सामाजिक सञ्जालमार्फत यस्तो जानकारी दिएका हुन्। मोदीले पनि एक्समार्फत अमेरिकासँग सम्झौता भएकोमा खुशी व्यक्त गर्दै ट्रम्पलाई धन्यवाद दिएका छन्।
अमेरिकाले भारतबाट आयात हुने वस्तुमा लगाउँदै आएको भन्सार दर २५ प्रतिशतबाट घटाएर १८ प्रतिशतमा झार्नेछ । यस्तै भारतले आफ्ना व्यापारिक अवरोध शून्यमा झार्न सहमति जनाएको छ । साथै रुसबाट तेल खरिद रोक्ने निर्णय पनि भारतले गरेको ट्रम्पको भनाइ छ । रुसबाट तेल किनेको भन्दै भारतमाथि लगाइएको थप २५ प्रतिशत ‘पेनाल्टी ट्यारिफ’ पनि अब हटाइने उनले जनाएका छन्।











