सुनको भाउ आज पनि १३ हजार ४०० रुपैयाँ घट्यो, तोलाको कतिमा कारोबार हुँदैछ ?

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ १९ माघ । नेपाली बजारमा आज पनि सुनको भाउ तोलामा १३ हजार ४०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ३ लाख कायम भएको छापावाल सुनको मूल्य सोमबार घटेर २ लाख ८६ हजार ६०० रुपैयाँ कायम भएको हो ।

बिहीबार सुनको मूल्य तोलामा ३ लाख ३९ हजार ३०० रुपैयाँसम्म पुगेको थियो । जुन मूल्य हालसम्मकै उच्च भएकामा फेरि घटिरहेको हो।

यसैगरी चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा ५ हजार ५०० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार घटेर ५ हजार २०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्