काठमाडौं, १५ मंसिर । नेपाली कांग्रेसका नेता एवं काठमाडौँ निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रकाशमान सिंहले मेलम्ची खानेपानी आयोजनास्थलको निरिक्षण गर्नुभएको छ ।
आज मेलम्चीको सुरुङ क्षेत्रमा पुगेका नेता सिंह लगाएतको टोलीले आयोजनामा भइरकेको काम र समस्यामा बारेमा जानकारी समेत लिएको छ ।
निरिक्षणका क्रममा सिंहले अहिले पनि कांग्रेसकै नेतृत्वको सरकार रहेकाले यसलाई गति दिएर काठमाडौंमा पानी लैजानुपर्ने बताउनुभयो ।
उहाले आफुले मेलम्ची आयोजनालाई चाँडोभन्दा चाँडो टुंगोमा पुर्याउन निरन्तर चासो दिएको पनि बताउनुभयो । त्यस्तै उहाले आयोजनाका कर्मचारी र अन्यको समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउने उल्लेख गर्नुभयो ।
मेलम्ची खानेपानी आयोजनाबाट आफूले पाउनुपर्ने तलब नपाएको आयोजनाका कर्मचारीले गुनासो गरेका थिए । आयोजनाका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले ‘फास्ट ट्र्याक’बाट कर्मचारीको पारिश्रमिक उपलब्ध गराउने कुरामा ध्यान जान जरुरी रहेको बताउनुभयो । य
सअघि बुधबारमात्रै खानेपानीमन्त्री उमाकान्त चौधरीले यही मङ्सिर २७ गतेभित्र मेलम्चीको पानी काठमाडौँमा वितरण गरिने बताउनुभएको थियो ।











