काठमाण्डौं, १८ माघ । आज एकैदिन सुनको भाउ १८ हजार ८ सय रुपैयाँले घटेको छ । आज सुन तोलाको ३ लाख रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
शुक्रवार सुन तोलाको ३ लाख १८ हजार ८ सय रुपैयाँ रहेको थियो ।
यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज तोलामा १ हजार ५ सय ६५ रुपैयाँले घटेर तोलाको ५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । शुक्रवार चाँदीको भाउ तोलाको ७ हजार ६५ रुपैयाँ थियो ।











