मोटरसाइकलको ठक्करबाट जाजरकोटमा महिलाको मृत्यु

खबर बुक
  • ख-
  • ख+

सुर्खेत, १५ मंसिर । जाजरकोटमा मोटर साइकल ठक्करले एक जना महिलाको ज्यान गएको छ । भेरी नगरपालिका ४ की ६१ वर्षीया विजया शाहीको मोटरसाइकलको ठक्करबाट ज्यान गएको हो ।

भेरी नगरपालिका ३ तल्लो थाप्लेमा पैदल हिँडिरहेकी शाहीलाई प ३.०२००१ प ७८८६ नम्बरको मोटर साइकलले ठक्कर दिएको थियो । उनी मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते हुनुभएकाे थियाे ।

उहालाई उपचारका लागि नेपालगन्ज लैजाँदैगर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख डीएसपी सन्तोष निरौलाले बताउनुभयाे ।

बिहीबार बिहान सदरमुकामस्थित तल्लो थाप्लेमा पैदल यात्रा गरिरहेकी शाहीलाई विपरीत दिशाबाट आउँदैगरेको मोटरसाइकलले ठक्कर दिँदा उनी गम्भीर घाइते हुनुभएकाे थियाे ।

भेरी नगरपालिका ३ का २७ वर्षीय विनोद विकले चलाएको मोटरसाइकलले शाहीलाई ठक्कर दिएको थियो । चालक र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मृतकलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल जाजरकोटमा लगिएको प्रहरी प्रमुख निरौलाले बताउनुभयाे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्