काठमाण्डौं, १४ माघ । नेपाली बजारमा आज सुनचाँदीको भाउले नयाँ कीर्तिमान बनाएको छ । एकै दिन तोलामा ९ हजार ५ सय रुपैयाँले बढेर तोलाको ३ लाख १८ हजार ८ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै आज चाँदीको भाउ पनि ४ सय ३० रुपैयाँले बढेर हालसम्मकै उच्च भएको छ । चाँदी आज तोलाको ७ हजार ३ सय रुपैयाँमा कारोबार भइ रहेको छ ।











