आज सुनको भाउ १ हजार ५ सय रुपैयाँले घट्यो

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौं, १ माघ । नेपाली बजारमा आज सुनचाच्दीको भाउ घटेको छ ।

आज सुन तोलामा १ हजार ५ सय रुपैयाँले घटेर तोलाको २ लाख ७६ हजार ५ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको २ लाख ७८ हजार रुपैयाँ थियो ।

त्यस्तै आज चाँदी तोलामा १ सय ७० रुपैयाँले घटेर तोलाको ५ हजार ४ सय ८५ रुपैयाँमा कारोवार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ अहिलेसम्मकै उच्च ५ हजार ६ सय ५५ रुपैयाँ थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्