काठमाण्डौं, २९ पुस । सुन र चाँदीको भाउ आज अहिलेसम्मकै उच्च भएको छ । हिजो पनि बढेको सुनचाँदीको भाउ आज थप बढेर कीर्तिमान बनाएको हो । आज सुन तोलामा १ हजार ८ सय रुपैयाँले बढेर तोलाको २ लाख ७६ हजार ५ सय रुपैयाँका कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै चाँदीको भाउ पनि अहिलेसम्मकै उच्च भएको छ । चाँदी आज तोलामा १ सय ४५ रुपैयाँले बढेर तोलाको ५ हजार ३ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।











