ऐडी हत्याको दोषी पत्ता लगाउन माग गर्दै अनेरास्ववियुद्वारा विरोध

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १४ मंसिर । अनेरास्ववियु केन्द्रीय कमिटी सचिवालय सदस्य चेतन ऐडीको हत्या विरोधमा अनेरास्ववियु रत्नराज्य लक्ष्मी क्याम्पस कमिटीले कालो ब्यानरसहित प्रर्दशन गरेको छ ।

४ मंसिर राति भएको हत्याको विरोधमा उनीहरूले आज प्रर्दशनी मार्गमा विरोध जुलुश निकालेका हुन् ।

उनीहरूले ऐडीको हत्यारालाई सार्वजनिक गर्न तथा कार्वाहीको माग गरेका छन् ।

४ मंसिरमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मतदानका दिन बाजुरामा भएको झडपमा प्रहरीले चलाएको गोली लागेर ऐडीको घटनास्थलमै निधन भएको आराेप छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्