काठमाण्डौं, २४ पुस । सुनको भाउ आज तोलामा २ हजार रुपैयाँले घटेको छ । तोलामा २ हजार रुपैयाँले घटेर तोलाको २ लाख ६५ हजार ७ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै चाँदीको भाउ आज तोलामा १ सय रुपैयाँले घटेको छ । चाँदी १ सय रुपैयाँले घटेर तोलाको ४ हजार ८ सय ३५ रुपैयाँमा कारोवार भइरहेको महासङ्घले जनाएको छ ।










