दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार रकममा पनि गिरावट

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ । सेयर बजार परिसूचक (नेप्से) मा आज दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १३.३५ अंक ले घटेर २६३५.९४ विन्दुमा ओर्लिएको छ ।

बजारसँगै कारोबार रकम पनि घटेको छ । कुल ३२३ कम्पनीका १ करोड ६ लाख कित्ता शेयर खरिदबिक्री हुँदा आज ५ अर्ब १७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ, अघिल्लो दिन ७ अर्ब माथिको कारोबार भएको थियो ।

आजको कारोबारमा ६२ कम्पनीको शेयर मूल्य बढेको छ भने १८७ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ । १० कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

आज बजारमा ट्रेडिङ र फाइनान्स बाहेक सबै सूचक घटेका छन् । होटल र उत्पादमूलक क्षेत्रमा १ प्रतिशत भन्दा धेरै गिरावट हुँदा अरु सबै समूहको घटबढ सोमभन्दा कम रहेको छ ।

आज सर्वाधिक नाफा कमाउने कम्पनीमा नारायणी विकास बैंकको मूल्य ६.०८ प्रतिशतले बढ्नु बाहेक अन्य कम्पनीमा उल्लेख्य वृद्धि भएन । एसवाई प्यानलको मूल्य ८.४५ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज एसवाई प्यानल शीर्ष स्थानमा रह्यो । यस कम्पनीको २६ करोड ९४ लाख ९७ हजार २८२ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

यस्तै, श्रीनगर एग्रोटेकको २३ करोड ५५ लाख ६५ हजार तथा मञ्जुश्री फाइनान्सको २० करोड ४७ लाख ७३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्