काठमाण्डौ, २३ पुस । सुनको भाउ आज सामान्य घटेको छ । सुन आज तोलामा ४ सय रुपैयाँले घटेर तोलाको २ लाख ६७ हजार ७ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज चाँदीको भाउ अहिलेसम्मकै उच्च भएको छ । चाँदी तोलामा ५५ रुपैयाँले बढेर आज तोलाको ४ हजार ९ सय ३५ रुपैयाँमा कारोवार भइरहेको महासङ्घले जनाएको छ ।











