कला र संस्कृतिमा नेपाल विश्वकै समृद्ध देश : प्रधानमन्त्री देउवा

खबर बुक
  • ख-
  • ख+

प्रधानमन्त्री शेरबहादुर देउवाले कला संस्कृतिको सम्वद्र्धनबाट आर्थिक सामाजिक विकासमा योगदान पु¥याउनका लागि प्रतिवद्ध हुनु आवश्यक रहेको बताउनुभएको छ ।

बिहीबार काठमाडौंमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको १३औँ प्राज्ञसभाको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले विश्व मानचित्रमा नेपालको विशिष्ट पहिचान बनाउँदै कला संस्कृतिको सम्वद्र्धनबाट आर्थिक सामाजिक विकासमा योगदान पु¥याउन प्रतिवद्ध हुनुपर्ने बताउनुभएको हो । उहाले नेपालको प्राचीन वस्तु तथा स्थापत्यकला, मूर्तिकला, चित्रकला र सङ्गीत एवं नाट्य स्वदेशमा मात्र नभएर विदेशमा पनि उत्तिकै प्रसिद्ध र लोकप्रिय रहेको जिकिर गर्नुभयो । कला र संस्कृतिको सिर्जनाको संरक्षण र सम्वद्र्धन गर्न सरकार पनि प्रतिवद्ध रहेको उहाको भनाई छ । प्रधानमन्त्री देउवाले कला, संस्कृति र सम्पदाको संरक्षणबाट अहिलेको पुस्ताले मात्र नभई भावि पुस्ताले पनि फाइदा उठाउनसक्ने भएकाले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले नयाँ पुराना कलाकृतिको संरक्षण गर्दै मुलुकलाई विश्वसामू चिनाउनुपर्ने धारणा राख्नुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्