काठमाण्डौं, १५ पुस । केही दिनदेखि लगातार बढेको सुनको भाउ आज (मंगलबार) एकैदिन तोलामा ७ हजार ९ सय रुपैयाँले घटेको छ । आज सुन तोलामा ७ हजार ९ सय रुपैयाँले घटेर तोलाको २ लाख ६२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै, आज चाँदीको भाउ पनि तोलामा ३ सय ५ रुपैयाँले घटेर तोलाको ४ हजार ५ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।











