यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ १५ पैसा र बिक्रीदर १४३ रुपैयाँ ७५ पैसा निर्धारण गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९५ रुपैयाँ ८४ पैसा र बिक्रीदर ९६ रुपैयाँ २४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ४५ पैसा र बिक्रीदर १०४ रुपैयाँ ८९ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ९० पैसा र बिक्रीदर १६९ रुपैयाँ ६१ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९३ रुपैयाँ ३७ पैसा र बिक्रीदर १९४ रुपैयाँ १८ पैसा कायम गरिएको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्