काठमाण्डौं, ३ पौष । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले मुलुकको अर्थतन्त्र सहिदिशातर्फ अघि बढिरहेको बताएका छन् । बिहीबार गोरखापत्रले आयोजना गरेको अर्थतन्त्रको दिगो विकासका लागि निजी क्षेत्रसँग संवाद कार्यक्रममा अर्थमन्त्री खनालले पछिल्लो तीन महिनाको आर्थिक सूचकहरु हेर्दा मुलुकको अर्थतन्त्र सहिदिशातर्फ अघि बढिरहेको देखिएको बताएको हो ।
अर्थमन्त्री खनालले नेपालको अर्थतन्त्र चलायमान हुदै गएकाले लगानीको वातावरण बनिरहेको धारणा राखे । जेनजीको आन्दोलनको तीन महिनामा नेपालको अर्थतन्त्रमा पुरुत्थान हुँदै गएको भन्दै उहाँले यसअवधिमा करिब १० प्रतिशतले राजस्व वृद्धि भएको जानकारी दिए ।
वर्तमान अन्तरिम सरकारले छोटो अवधिमा पनि सुधार गर्दै लगानीको वातावरण तयार गरेको भनेर बाह्य लगानीकर्ताले समेत प्रशंसा गरिरहेको उनको भनाइ छ ।
उनले तरलता व्यवस्थापन र लगानीको वातावरण तयारका लागि सरकारले येजनाबद्ध काम गरिरहेको जानकार दिए ।
त्यस्तै नेपाल राष्ट्र बंैकका गभर्नर प्राडा विश्वनाथ पौडेलले उच्च मनोवलका साथ काम गर्न निजि क्षेत्रलाई आह्वान गरे । निष्पक्ष रूपमा हुने आगामी निर्वाचनले स्थायित्व कायम गर्ने र अर्थतन्त्र थप बलियो हुने उनकोे भनाइ छ । पौडेलले १० अर्व डलर बैदेशिक ऋण रहेपनि त्यसका कारण अप्ठेरोमा पर्ने अवस्था नरहेको जिकिर गरे











