काठमाण्डौं, ३ पौष । आज नेपाली बजारमा सुनको भाउ तोलामा सात सय रुपैयाँले बढेको छ ।
आज सुन सात सय रुपैयाँले बढेर तोलाको दुई लाख ६० हजार चार सय रुपैयाँमा कारोवार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै आज चाँदीको भाउ २५ रुपैयाँले बढेर अहिलेसम्मकै उच्च भएको छ । चाँदी २५ रुपैयाँले बढेर तोलाको चार हजार ८० रुपैयाँमा कारोवार भैरहेको महासङ्घले जनाएको छ ।











