काठमाण्डौं, २३ मंसिर । नेपाली बजारमा आज सुनको भाउ तोलामा एक हजार रुपैयाँले घटेको छ ।
तोलामा एक हजार रुपैयाँले घटेर तोलाको दुई लाख ५१ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै आज चाँदीको भाउ भने १५ रुपैयाँले बढेको छ । आज चाँदी १५ रुपैयाँले बढेर तोलाको तीन हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।











