अर्थतन्त्र सुधारकाे लागि निजी क्षेत्रसँग सहकार्य आवश्यक : अर्थमन्त्री शर्मा

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १५ मंसिर । अर्थमन्त्री जनार्दन शर्माले  अर्थतन्त्र सुधारको लागि निजी क्षेत्रसँग सहकार्य आवश्यक रहेको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २६औँ वार्षिकोत्सवका अवसरमा काठमाडाैँमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

‘हाम्रो मिश्रित अर्थतन्त्र भएकाले एकैपटक सङ्कटमा पुग्ने र उचाइमा पुग्ने हुँदैन । जेजति चुनौती छन् त्यसका लागि निजी क्षेत्रको सहकार्य आवश्यक छ,’  उनले भने ।

उनले अर्थतन्त्रमा संकटमा नरहेको समेत दाबी गरेका छन् । यद्यपि केही चुनौती भने अझै बाँकी रहेको उनले उल्लेख गरे । उनले पछिल्लो समय विदेशी मुद्रा सञ्चिति र विप्रेषण आप्रवाह बढ्दै गएकाले अर्थतन्त्र सुधार भइरहेको बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्