कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली रहने

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ, १८ मंसिर । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन् ।
नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।

यस्तै, आज राति देशका अधिकांश भागमा मौसम मुख्यतया सफा रहने छ ।

काठमाडौँ उपत्यकामा आज बिहानको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस मापन गरिएको थियो भने अधिकतम तापक्रम २० देखि २१ डिग्री सेल्सियसबीच रहने अनुमान छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्