काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आसन्न महाधिवेशनले पार्टीलाई एकढिक्का बनाउने बताएका छन।
बुधबार प्रेस चौतारी नेपालले नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको पूर्व सन्ध्यामा आयोजना गरेको सञ्चारकर्मीसँगको संवाद कार्यक्रममा पौडेलले ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने बतएका हुन । उनले एमाले पार्टीको आन्तरिक जीवन कुनै समस्यामा नभएको स्पष्ट पारे। उनले एमाले अध्यक्ष केपी ओलीकै नेतृत्वमा फेरी पनि पार्टी अघि बढ्ने जिकिर गरे । महाधिवेशनमा सहभागी हुँदा आफू एमालेको सदस्य मात्र हुने बताउँदै पौडेलले आफू लाखौँ कार्यकर्ता जस्तै कार्यकर्ता भएको बताए । उनले अध्यक्ष र महासचिव बाहेकका पदमा आफ्नो उम्मेदवारी दर्ता हुने उल्लेख गरे।
एमाले विरुद्ध चौतर्फी घेराबन्दी भएको बताउँदै पौडेलले तर ती घेराबन्दी गर्नेलाई जनताले घेराबन्दी गर्ने स्पष्ट पारे।
फरक प्रसङ्गमा उनले अहिले संविधान लिक बाहिर भएकोले त्यसलाई लिकमा ल्याउनु पर्ने बताए । सरकार चुनाव गराउने मनस्थितिमा नरहेको बताउँदै उहाँले चुनाव भन्ने भन्दा पनि गर्ने कुरा भएको बताएका छन।













